- प्रेम छोटा, बागलुङ
धवलागिरी हिम–श्रृंखलाको काखमा अवस्थित पवित्र कालीगण्डकीको तटवर्ती क्षेत्र सुरम्य नगरी बागलुङ स्वयम्मा देदीव्यमान छ । बागलुङ जिल्लाको भौगोलिक बनावट अति विकट र दुर्गम मानिएतापनि यसका पौराणिक, सांस्कृतिक, धार्मिक, साहित्यिक परम्परा र ऐतिहासिकताको दृष्टिले यस क्षेत्रको विशेष महत्व रहेको कुरा इतिहासले सिद्ध गरेको छ ।
सोह्र हजार पर्वतको नामले प्रसिद्ध बागलुङ नेपालको एकीकरण पूर्व चैबीसे राज्य अन्र्तगत पर्दथ्यो ( जुन समयमा कोट–कोटबाट भुरे–टाकुरे राजाहरुले राज्य कोट, माझकोट, संसारकोट प्रसिद्ध मानिन्थ्यो )
चौधौँ शताव्दीमा जुम्लाका राजाहरुले आफ्नो राज्य विस्तार गर्ने क्रम्मा वि.सं. १४२९ तिर मलेबम जुम्लाको राजगद्धीमा बसेपछि उनले पूर्वतर्फका धेरै राज्यहरु जिते । बागलुङ जिल्लाका निशेल–भुजले भन्ने चार हजार पर्वत इलाकामा त्यसबेला मगरहरुको रजाइँ थियो । जुन समयमा रुकुममा मलेबमका छोरा पिताम्बर र नाति जैतुबमले शासन चलाएका थिए । मगर राजाहरुले यस जिल्लाको राज्य प्रभावकारी रुपमा सञ्चालन गर्ने रुकुमको राजधानी गोथममा गई राज्य जैतुबमका आठ भाइ राजकुमारहरु मध्ये एक भाइ भागे । राजाले जेठा छोराबहेक बाँकी भाइहरुमा रोजेर लाने आज्ञा दिएकाले राति सुतेका बेलामा जुन राजकुमारको शिर शिरानतिर बढेको हुन्छ त्यसैलाई लैजान आज्ञा दिएकाले राति सुतेको ठाउँमा हेर्न जाँदा माहिला राजकुमार आनन्दबमको शिरानतिर बदेको देखी उनलाई पिठ्यूँमा बोकेर भुजेलहरुले पर्वतमा ल्याए । पर्वतेहरुले यो राजालाई तीन वटा नामले पुकार्दथे, गोथमबाट ल्याएका गोथम्ब पिठ्यूँमा बोकेर ल्याएकोले पिथम्ब र आउने राजकुमारको नाम ‘आनन्द’भएकोले अनन्दु भनिन्थ्यो । राजाका साथमा मुडुला कार्की, रुचाल तथा पौडेलहरु पनि आएको किम्बदन्ती पाइन्छ । वि.सं. १५१० तिर आनन्दाबम शोलेपार पर्वतका राजा बने । त्यसबेलासम्म पनि गलकोट, बिहुँकोट र चन्द्रकोटमा भुरेराजहरुले राज्य गर्दथे जसमध्ये बलेवा र बागलुङ माझकोट अन्र्तगत थन्थाप र चन्द्रकोट पर्दथे ।
आनन्दबम र बन्दबम पछि डिम्ब नामका दिलिपले आफ्नो शासनकालमा विहुँकोट, गल्कोट र ताकमलाई विजय गरी आफ्नो राज्यलाई ४००० पर्वतबाट १४००० पर्वतमा पु¥याए आफ्नो राज्यमा सु–व्यवस्थामा ल्याउन उनले आफ्ना माहिला भाइलाई डाँडाकोट, साहिला भाइलाई विहुँकोट र कान्छा भाईलाई गलकोटमा राखेका थिए । राजा डिम्ब बर्ष याममा ढोरमा र हिउँदमा ताकममा बसी राज्य चलाउँदथे । विदेशी लेखक हयामिलटनका अनुसार गलकोट त्यसबेला सानो राज्य थियो । जहाँ ३००० घरहरु थिए । राजाको दरबार पहाडको टाकुरामा थियो । त्यस दरबारको वरिपरि ५०० सय जति खरका झुपडीहरु थिए । यहाँ तीनवटा तामा र एकवटा फलामका खानी थिए । खानीहरुमा केही आधिकारिक व्यत्तिहरुले मात्र काम पाउँथे ।राजाको बार्षिक आम्दानी रु ३५००÷– थियो । यहाँका राजाले विनायुद्ध नै गोर्खाली सेना अगाडि समर्पण गरेका थिए ।
गलकोट राज्यका बारेमा इतिहासविद कर्क प्याट्रिकका अनुसार गलकोट एउटा ठूलो सहरको रुपमा थियो र गलकोट नामको एउटा ठूलो गढ पनि (किल्ला) थियो । गलकोट चौबीसे राजाहरुमध्ये एक थियो । एक वंशावली अनुसार राजा डिम्बका पालामा गण्डकी र कर्णाली प्रदेशका राजाहरुले दिल्लीका बादशाहकहाँ पाँच÷पाँच बर्षमा सिर्तो (उपहार) लैजाने गर्दथे । त्यस सिर्तोमा आफ्ना राज्यमा पाइने कस्तुरीको विनाबाजा डाँफे मयूर चितुवाको छाला पश्मिनाको पछ्यौरा आदी हुन्थे । राजा डिम्बले पनि युवराज नागबमलाई वि.सं. १५३० तिर दिल्ली पठाए । उनले त्यही बादशाह भन्ने पदवी दिइएको हुँदा युवराज नागबम त्यसबेलादेखि नागबम मल्ल भए उनैको पालामा जितेको मादीखोला पूर्वको डाँडाकोटलाई त्यहाँका क्षेत्रीहरुले मल्ल राजा भनी नाउँ राखे, जुन आज पनि राज भत्ति नामबाट मल्लाजको नामले प्रसिद्ध छ । राजा डिम्ब १२० बर्षसम्म बाँचेका थिए भने श्रृति छ । यिनी ८४ बर्षको छँदा आप्mनो जेठो छोरा नाम बम मल्ल अस्वस्थ भएकाले उनका एक मात्र नाति प्रतापी प्रतापनारायण मल्ललाई वि.सं. १५९० सालमा पर्वत राज्य सुम्पेका थिए । यिनको शासनकालमा प्रशस्त मात्रामा जंगल भएकाले पशुपालन लगायत अन्य घेरेकाले निम्ति महत्वपूर्ण स्थान मानिन्थ्यो नून र सुन भोटतिरबट पैठारी हुन्थ्यो । त्यसबेला पाल्पाबाट ल्याएका कुमालेहरुलाई बागलुङ चौरमा राखेर माटाका भाँडाका स–सना उद्योग धन्दा बढाए । राजा प्रताप नारायणको पाल्पा राज्यसँग बैवाहिक सम्बन्धपछि चौबीसे राज्य पाल्पा र पर्वत बलिया राज्य भए यिनको करिब ३० बर्षको शासनकाल पछि आफ्नो जेठा छोरा जिवारी बम मल्ललाई गलकोट, माहिला राजा बम मल्ललाई पर्वत र कान्छा कल्याण मल्ललाई कास्कीको राज्य सुम्पी आफू काशीबास गए ।
पश्चिम नेपालको मल्लकालीन राज्यको राजवंशावलीमा पन्ध्रौं विक्रमाव्दीको अन्त्यतिर वि.सं. १४९३ सालमा आनम्म मल्ल, मल्ल बंशका पाँचौ राजा प्रताप नारायण मल्ल वि.सं. १५९० सालमा राजा भएका थिए । यसरी पर्वतीय क्षेत्रमा मल्ल बंशको १४ औं पुस्ता (वि.सं.१८४३) सम्म शासन व्यवस्था रहेको देखिन्छ । एकातिर उत्त पाँचौ प्रतापी राजा प्रतापनाराण मल्ल तत्कालीन राजाहरुको राज्यकालको ऐतिहासिक प्रमाणको आधारमा प्रमाणित गर्न सकिन्छ भने अर्को तर्फ पाँचहजार बर्ष पुरानो पौराणिक पृष्ठभूमिमा आधारित बागलुङ शव्दको व्युत्पतिका सम्बन्धमा प्रशस्तै प्रसङ्गले यस ठाउँको वैदिक, पौराणिक, धार्मिक, ऐतिहासिक, साँस्कृतिक र साहित्यक परिचय गराउनमा बढी प्रसङ्गिक देखिन्छ ।
यस सिलसिलामा बागलुङको अपूर्व सांस्कृतिक सम्पदा उतुङ्ग पर्वत श्रृंखला र अनादिकालदेखि अनन्तकालसम्म निरन्तर रुपमा बगिरहेको कालीगण्डकीको प्राचीनताको गौरवपूर्ण गाथाको गौरव गर्न सकिन्छ । त्यस्तै ऐतिहासिक सांस्कृतिक र साहित्यिक रुपमा आङ्कित विक्रमाव्दीको सोह्रौँ शताव्दी पछिको नेपाली साहित्यको प्राथमिक कालका विद्धद्मण्डलीहरुमा रमापति, उमापति हरिराम, शिवराम, प्रेमनिधी पन्त, वीरशाली पन्त र यस क्षेत्रका आदिकवि, सुकृतिदŒा, पं. ज्वालादŒा पन्त र छायादŒा पन्त आदि यशस्वी साधक (निधि) भनिन्छ ।
माध्यमिक कालका युवाकवि मोतीराम भट्ट मोती मण्लीका प्रमुख सहमित्र एवं श्रृंगार रसका गजलकार कवि लक्ष्मी दŒा इन्द्रु आधुनिक नेपाली साहित्यका उज्वल नक्षेत्र र २००७ सालको जनक्रान्तिका प्रथम सहिद र गलकोटे राजाका सन्तान थिरबम मल्ल आदि वीर पुरुष र प्रतिभाहरुको जन्म भूमि र कर्मभूमि पनि बागलुङ जिल्ला नै हो । यसका अलावा पौराणिककाल जैमुनि ऋषि राजहग र पारस कारक ऋषि लगायत वर्तमान समयका ब्रहमलीन हुनु भएका १००८ स्वामी आवाल ब्रह्मचारी परमानन्द स्वामी, बागलुङ कुँडुलेका षदाचार्य १००८ स्वामी श्रीधर आचार्य नयाँ पुस्ताका ब्रह्मनिष्ठ देवघाटका पीठाघीश आवाल ब्रह्मचारी १००८ स्वामी ज्ञानानन्द सरस्वती मुत्तिनाथ पीठाधीश स्वामी कमलनयनचार्य ओशो, पथिक डाटीकै पाथिक (पौडेल) आदि योगीहरुको तपोभूमिले यहाँको अति प्राचीन र अर्वाचीनताले यस क्षेत्रको महत्वको उदाहरण प्रस्तुत गरेका छन् ।
त्यस्तै पौराणिक कालदेखिको प्रसिद्ध सोलेको धुरी, ढोरपाटनको तुलाचन धुरी र वराहामाईको मन्दिर, संसारकोट, कालिका भगवती माई (मन्दिर) लगायत अनेकन शत्तिपीठ, मठ मन्दिर, ताल तलैया, देवी देवालयहरु, धार्मिक र सांस्कृतिक अनुष्ठान आदिको परम्परा बोेकेका यहाँका सामाजिक, धार्मिक, आर्थिक जीवन र वर्तमान समयमा आधुनिकताको परिव्यस्तित हुँदै आएका नयाँ पुस्ताका स्वनाम धन्य सिर्जनशील प्रतिभाहरुद्घारा यस क्षेत्रलाई उŒिाकै उर्वर र उन्नत तुल्याइरहेका छन् । यी बाहेकका यस क्षेत्रका लोक संस्कृति, लोक साहित्य लोकनृत्य र लोक गीत –झ्याउरे गीत) आदिले बागलुङ जिल्लालाई उच्च शिखरमा पु¥याइरहेका छन् । यस सम्बन्धमा झ्याउरे गीतको लय र बोलीको उद्गम स्थल बागलुङ राङखानीका गो¥या सिरस (श्रीस) र बलेवा नेपानेका मुखिया मनवीर हुन् भन्ने अन्वेषक कालीभत्त पन्तद्घारा उल्लेख गरेका छन् । त्यस्तै नेपालमा आधिकारिक रुपमा हस्तलिखित पात्रो तयार पार्ने प्रथम व्यत्ति बागलुङ मूलपानीका पं. ज्यो. छायादŒा पन्त हुन् भन्ने कुरा आजभोलि थाहा पाइएको छ । अझ अर्को महत्वपूर्ण विषय के हुन गइरहेको छ भने हाम्रा आदिकवि भानुभत्त आचार्यले बागलुङ ढिकीचौर, मुलपानीका पंण्डित बद्रीप्रसाद पन्त संग विद्या हासिल गर्न बागलुङमा आएका थिए । उनले बद्रीप्रसाद पन्त सँगै शिक्षा हासिल गरेवापत तनहुँ रम्घा गाउँ स्थित आफ्नो हक भोगका १६ मुरी जग्गा मध्ये ५ मुरी जग्गा गुरु दक्षिणा बापत प्रदान गरेको हस्त लिखित कागज पत्र हालसालै फेला परेको छ । त्यसले यस क्षेत्रको प्रतिष्ठामा थप उर्जा पैदा गराएको छ ।
यसप्रकार समग्रमा भन्नु पर्दा बागलुङको भाषा, साहित्य, संस्कृति, लोकगित, लोक नृत्य, लोक साहित्य लोक गाथा, कला र संस्कृति आदिले पनि विभिन्न जाति र धर्मावलम्बहीहरुलाई आत्मसात गर्दै आएको पाइन्छ भने वर्तमान समयमा यहाँको सामाजिक, सांस्कृतिक ऐतिहासिक धार्मिक र लौकिक जीवनको संरचनाबाट बागलुङले सिङ्गो अतुलनिय योगदान पु¥याउनमा प्रमुख भूमिका खेलेको छ ।
उल्लेखित यावत् दृष्टि र दृष्टान्तहरुबाट बागलुङलाई अनगिन्ती स्वदेशी तथा विदेशी पर्यटकहरुका नजरमा मनग्य दृष्टिपान गर्न र गराउन सकिने भएकाले यो सिङ्गो क्षेत्र स्वयम्मा आकर्षक र रमणीय छ ।
सन्दर्भ स्रोत ः
१) गौचन ऊंकारप्रसाद पर्वतका मल्लकालीन राजाहरुका वंशावली बुकी गुच्छादुई (पैधानसम्पादक–बालकृषनेमा ः नेपाली साहित्यका सम्पर्क समिति बागलुङ ( २०२६
२) पन्त कालिभत्त गीत सुधार राष्ट्रियबाटो प्रकाशित (२०३३ पृष्ठ ४१ फलेवास पर्वत
३) श्रेष्ठ( डा.टेकबहादुर ( पर्वत राज्यको ऐतिहासिक रुपरेखा ( प्रकाशक नेपाल एशियाली अध्ययन केन्द्र त्रिविवि किर्तिपूर( २०४२ पृष्ठ ४८५
४) छोटा प्रेम ( धवलागिरीकोलोक संस्कृतिकहरु ( साझा प्रकाशन (२०४४
५) छोटा प्रम ( हनुमान नाच बागलुङको संस्कृतिक पहिचान प्रकाशन दीअ प्रकाशन ( रत्न श्रेष्ठ पुरस्कार गुठी, बागलुङ २०६८ ।
Souce:Padmarga (BCCI baglung)

No comments:
Post a Comment