Wednesday, 19 December 2012

पर्यटकिय विकासको पर्खाइमा रहेको बागलुङ, सम्भावना र चुनौती

  •     BIKAS PAUDEL, BAGLUNG
                        नेपाल क्षेत्रफलको आधारमा सानो र आर्थिक रुपमा विपन्न राष्ट्र भए पनि प्राकृतिक तथा सांस्कृतिक सम्पदाको दृष्टिकोण बाट सम्पन्न राष्टूको रुपमा विश्वमा परिचित छ । नेपालमा विश्वको सर्वोच्च शिखर सगरमाथा, शान्तिका अग्रदुत गौतम बुद्धको नामबाट प्रसिद्ध शान्ति भूमी लुम्बिनी लगायत विभिन्न हिमाल, नदी, ताल तलैया, झरना, निकुञ्ज, संरक्षण क्षेत्र, विश्वसम्पदा सुचिमा परेका ऐतिहासिक क्षेत्र, त्यस्तै गरी विभिन्न जात जाति, रहन सहन, भेष भुषा, चाड, पर्व संस्कृतिको लागि अनुपम उपहार सावित छ ।तर पनि केन्द्र तह देखि स्थानिय तह सम्म पर्यटकिय संभावनाहरुको उजागर गर्न नसक्दा हामि नेपालीहरुले पर्यटनलाई उद्यमको रुपमा अगाडी बढाउन सकिरहेको अवस्था छैन ।नेपालको सन्दर्भमा सन् १९५० पछि मात्र पर्यटकको आगमन शुरुवात भएको बताइए पनि केही निश्चित स्थानहरुमा मात्र पर्यटन व्यवसाय लाई अबलम्बन गरेको पाहिन्छ ।
    Tourism Society of England's को परिभाषा अनुसार "Tourism is the temporary, short-term movement of people to destination outside the places where they normally live and work and their activities during the stay at each destination. It includes movements for all purposes."   सामान्य तया पर्यटक भन्नाले कुनै पनि व्यत्ति आफ्नो बासस्थान छाडेर अन्य स्थान वा मुलुकमा आरम गर्न, छुट्टीको समय विताउन, अध्ययन ,व्यापार, पारिवारिक भ्रमण आदिका लागि जान्छ भने त्यसलाई पर्यटक मानिन्छ ।  विश्व पर्यटन संगठनका अनुसार कुनै पनि व्यत्तिले कुनै ठाउँ वा मुलुकमा कम्तिमा एक रात बिताउछ भने उसलाई पर्यटक भनिन्छ भनि व्याख्या गरेको छ । यी विभिन्न परिभाषा सँगै पर्यटन भन्नाले मनोरञ्जन, दृश्य आनन्द, विदाको समयको सदुपयोग, अध्ययन, अनुसन्धान कुनै पनि प्रयोजनको लागि गरिने यात्रा बुझ्न सकिन्छ ।
             कुनै पनि स्थानको आर्थिक समृद्धिकालागि त्यस स्थानमा रहेका प्राकृतिक, सामाजिक, सास्कृतिक तथा धार्मिक सम्पदाहरुको पहिचान र उपयोगनै महत्वपूर्ण हुने भएकोले यी सम्पदाको हिसाबले बागलुङ जिल्ला निकै नै धनि जिल्लाको रुपमा चिनिन्छ । नेपालको नक्सा संग मेल खाने यस जिल्ला एक हजार सात सय चौरासी बर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको छ भने २०६८ को जनगणनाको प्रारम्भीक नतिजा अनुसार २ लाख ७० हजार ९   जनसंख्या रहेको छ जसमा महिलाको जनसंख्या १ लाख ५० हजार ९ सय ८८ रहेको छ भने पुरुषको १ लाख १९ हजार २१ रहेको छ । राजनैतिक हिसावले ३ वटा निर्बाचन क्षेत्र रहेको यस जिल्लामा १३ वटा इलाका, ५९ गाविस र १ नगरपालिका रहेका छन् ।
                   नेपाल भित्रको सानो नेपालको रुपमा परिचित बागलुङ जिल्लाका बिशेष पर्यटकीय गन्तब्यका रुपमा मानिने क्षेत्रहरु मध्य नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन, घुम्टेको लेक, ऐतिहांसीक गल्कोट दरवार, भकुन्डेको लेक, संसारकोट , हाडीकोट, गाजाको दह, घोंडाबाने, उŒारगंगा, ग्वालिचौरको चमेरे गुफा, जैमुनी घाट अमलाचौरको भैरवस्थान मन्दिर, प्रसिद्ध शत्ति पिठ कालिका भगवती मन्दिर , ¥याफ्टिङका लागि प्रसिद्ध कालिगण्डकी नदी, आदी स्थानहरु जिल्लाका पर्यटकिय महत्व बोकेका स्थानहरु हुन् । कालिगण्डकी नदी जस्तै जिल्लाका दरमखोला, निसि खोला, उŒारगंगा, बढिघाट लगायतका नदिहरुका साथै, जिल्लाको गाजाको दह, ढोरपाटनको पार्मिताल, भकुन्डेको निलदह आदि लगाएतका ताल तलैया र झरनाहरुले पनि पर्यटकिय महत्वका बोकेका छन् ।
             आफ्नै कला संस्कृति जातिय बिबिधताका कारण बागलुङ कला, संस्कृति , भेष भुषा र रिति रिवाजमा पनि बिबिधता पाईन्छ । हिन्दु , बौद्ध संस्कृतिका साथै मगर , गुरुङ, नेवार थकाली लगायत  जातिय संस्कृति  बाट बागलुङ जिल्ला संमृद्ध मानिन्छ । बिभिन्न जात जातिहरुले समय समयमा प्रदर्शन गर्ने भेष, भुषा, जस्तै नेवारको हनुमान नांच, अन्य जातिको घाटु नांच, मालसारी नांच, घोंडे जात्रा, सिस्नु खोस्ने, भुष पोल्ने ,सिंङ फोर्ने , माछा छोप्ने लगायतका लोक संस्कृति बागलुङका पहिचान हुन् । यसरी जातिय भेष भुषा, लोकनृत्य पञ्चे बाजा, मादल , डम्फु खैजडी, पिपरा अदिमा बागलुङ नेपालकै उत्कृष्ट जिल्लाको रुपमा चिनिन्छ । व्यवसायीक रुपमा यो जिल्ला राडि पाखि, गलैंचा, बुट्टे नली, ठेका, डोका, डाला, नेपाली कागज, जडिबुटि आदिको लागि समेत प्रसिद्ध जिल्लाको रुपमा मानिन्छ । लघु , घरेलु तथा साना उद्योगहरुको लागि यी प्रयाप्त बस्ुतहरुको बजारीकरण लगायत उत्पादनको प्रबद्र्धन अत्यावश्यक रहेको छ ।  स्थानिय कृषी लगायत वन जन्य उद्योग बाट उत्पादित बस्तुहरु पनि यस जिल्लामा प्रचुर मात्रामा रहेका छन् । बागलुङ जिल्ला प्राकृतिक, सांस्कृतिक तथा पर्यटकिय हिसावले एक धनि जिल्ला हो ।
                 जिल्लाको भौगोलीक बनावटको नक्साङ्कन गरी महत्वपूर्ण पर्यटकिय स्थलहरु लाई आधार बनाएर पर्यटकीय क्षेत्रहरु सम्म पुग्नका लागि टूेकिङ रुटको निर्धारण गर्नु सक्नु पर्दछ । जिल्लामा रहेका पर्यटकिय स्थलहरुको प्रबद्र्धन गर्दै पर्यटन उद्योगलाई व्यवसायीकरण गर्नका लागि पर्यटकीय स्थलहरुमा पर्यटकका लागि आवश्यक आधारभुत सुविधाहरु उपलब्ध गराउने दायित्व सरोकारवालाहरुको हुन जान्छ । जिल्लामा बिकासका पूर्वाधारहरुको जस्तै बिभिन्न स्थानहरुमा पुग्ने बाटो, बस्नका लागि सुबिधा युत्त होटल, बिजुली, सुचना प्रविधी, हवाई सेवा आदि लगायतका पूर्बाधारको विकास अपरिहार्य रहेको छ ।यसका लागि जिल्लामा क्रियाशिल राजनैतिक दल, स्थानिय निकाय र निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने भएकोले त्यस तर्फ सबैको ध्यान जानु पर्दछ ।

पर्यटनको विकास सँगै जोडीयका सम्भाबना :-
रोजगारीको अवसर ः आज नेपाली युवाहरु देश भित्र रोजगारीको अवसर प्राप्त गर्न नसकि विदेश पलायन भइरहेको अवस्थामा पर्यटनलाई व्यवसायीक रुपमा अगाडी बढाउन सकेमा रेष्टुरेन्ट, होटेल, टूेकिङ, पथप्रदर्शन लगाएतका क्षेत्रमा रोजगारीको अवसर सृजना हुनेछ ।
आयमा बृद्धि ः विश्वका प्राकृतिक तथा सांस्कृतिक रुपमा सम्पन्न राष्टूहरुले उद्योगको रुपमा पर्यटनलाई अगाडी बढायर पर्यटन व्यवसायको माध्यमबाट देशको अर्थतन्त्र धानेको अवस्था छ ।हाम्रो जस्तो प्राकृतिक सम्पदाले भरिपूर्ण देशको राष्टिूय आयमा बृद्धि गर्न सकिने धेरै अवसरहरु रहेका छन् ।
जिवनस्तर परिवर्तन ः अन्य स्थानको मानिसहरुको जन सम्पर्कले गर्दा चेतनामा अभिबृद्धि हुनुका साथै रोजगारीको अवसरले  जनताको जिवनस्तरमा परिवर्तन हुनेछ ।
स्थानिय घरेलु उत्पादनको प्रबद्र्धन ः पर्यटकको आगमन सँगै घरेलु उद्योग बाट उत्पादित उनका सामग्री, गैलचा, हस्तकलाका सामग्रीहरुले बजार प्राप्त गर्नुका साथै प्रबद्र्धनको अवसर प्राप्त हुनेछ ।
कला र संस्कृतिको संरक्षण ः– पर्यटकिय महत्व सँगै नियमित आयस्रोतको रुपमा देश भित्र रहेका विभिन्न प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाहरुको संरक्षण र सम्बद्र्धनमा टेवा पुग्नेछ ।
भौतिक पूर्वाधारहरुको विकास ः पर्यटकहरुको आवागमन सँगै आधारभूत आवश्यकताका रुपमा रहेका सडक, विद्युत, पानि, होेटेल आवास, हवाइ सेवा, सूचना प्रविघि लगायतका भौतिक पूर्वाधारहरुले प्राथमिकता पाउने छन् ।   
प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाहरुको प्रचार प्रसार ः  स्थानिय र राष्ट्रिय स्तरमा महत्व बोकेका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाहरुको आन्तरिक र बाह्रय रुपमा पर्यटकहरुको माध्यबाट प्रचार प्रसारको उपयुत्त अबसर मिल्नेछ ।
पर्यटन क्षेत्रको विकासका लागि चुनौतीहरु ः
– ग्रामिण तह सम्म पर्यटनको विकासको लागि आवश्यक भौतिक पूर्वाधारहरु प्राप्त मात्रामा निर्माण गर्नुपर्ने ।
– नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन सम्म पुग्ने पर्यटन पद मार्ग ९त्चभबपष्लन च्यगतभ० को नक्साङ्कनको लागि सरोकारवाला निकायहरु बाट प्रभाबकारी रुपमा इच्छा देखाई कार्यान्वयनको चरणमा जानुपर्ने ।
– जिल्लामा रहेका दुई वटा विमानस्थल लाई संचालन गर्न आवश्यक पहल गर्नुपर्ने ।
– जिल्ला भित्रका पर्यटकिय स्थलहरुको प्रचार प्रसारको लागि सूचना केन्द्रको अभाब ।
– ग्रामिण वस्तिमहरुमा पर्यटकहरुको स्वागतको लागि होटेल, आवास तथा होमस्टे जस्ता सेवा सुविधा संचालनमा ल्याउनु पर्ने ।
– पर्यटन क्षेत्रको विकासको लागि निजी क्षेत्रका लगानीकर्ताहरु लाई सुरक्षाको अनुभुति प्रदान गर्न सक्नु पर्छ ।
– आवश्यक सरसफाई, पर्यटकहरुको सुरक्षा जस्ता पक्षहरुमा सचेत रहनु पर्दछ ।
– पर्यटकको स्वागतको लागि सिप युत्त दक्ष जनशत्ति उत्पादन गर्न सक्नु पर्दछ ।
Source:Padmarga, BCCI Baglung

No comments:

Post a Comment