Tuesday, 18 December 2012

बागलुङ जिल्ला आर्थिक विकासको पर्खाइमा

  •    आनन्दराज मुल्मी, भूतपूर्व अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
             समय सन्दर्भले अहिले हरेक जिल्ला, क्षेत्र, शहर, गाउँ, वर्ग जाति आफ्नो आर्थिक उन्नतिका लागि लालायित देखिन्छ । आर्थिक उन्नति पछि समृद्धि आउँछ, मानिसको आम्दानी बढ्छ, जीवनस्तरमा सुधार हुन्छ भन्ने मान्यता रहेको छ । यस मान्यताबाट बागलुङ र यहाँ बसोबास गर्ने आम नागरिकहरु पनि सचेत र सतर्क रहेको पाइन्छ । ऐतिहासिक रुपमै १६००० पर्वतको नामले चर्चा पाएको बागलुङमा प्रशस्त थुमहरु, कोटहरु रहेको पाउँछौ । चन्द्रकोट, माझकोट, बिहुँकोट, संसारकोटकोट, गलकोट आदि सासाना स्वाशासित इकाइहरु स्थापना पछाडीको अभिप्राय आर्थिक केन्द्रको निर्माण पनि थियो । बर्षायामको महिना ढोरपाटन र हिउँदयामको ६ महिना ताकममा बसी शासकहरुले चलाएको शासन व्यवस्थाले बागलुङ हावापानीको दृष्टिकोणले पनि विविधता छ भन्ने कुार पुष्टि हुन्छ । आज पनि बागलुङमा हिमाली, लेकाली, पहाडी  बेसीटार गरी ४ प्रकारका भू–भागहरु अवस्थित छन् । ऐतिहासिक रुपमा समृद्धशाली बागलुङ त्यसताका नै आफ्नो क्षेत्रमा पाइने फलाम र तामालाई उत्खनन् गरी कच्चा तथा तयारी बस्तुहरु विभिन्न ठाउँहरुमा निर्यात गर्ने गरेको पाइन्छ । तामा र फलाम उत्खनन गर्ने छन्त्याल जातिका मानिसहरु निपुण र विशेषज्ञ रहेको पुष्टि आज पनि गाउँघरमा यदाकदा त्यस्ता खनिजजन्य बस्तुहरु निकालिने र विभिन्न खाले बस्तुहरु बनाउने काममा संलग्न भएकोले पनि गर्न सकिन्छ । राणाकालीन समयमा यहाँ खानी गोस्वारा स्थापना गरेकोले पनि यो क्षेत्रमा प्रचुरमात्रामा खनिज पदार्थ पाइने कुरालाई थप बल प्रदान गरेको पाइन्छ तर आज तयसविषयमा सरकार, स्थानीय निकायले चासो लिनु हाम्रो आर्थिक उन्नितको चाहनालाई बल नपुग्नु हो ।
    त्यो ऐतिहासिक समृद्धशाली बागलुङलाई थप बल पु¥याउन पाल्पाका राजा मुकुन्दसेनले आफ्नी छोरीलाई कालिकादेवी दाइजो दिएर बागलुङ पठाएकोबाट पनि पुष्टि हुन्छ । सो कालिकादेवी आज कालीगण्डकी र काठेखोलाको दोभानमा अवस्थित जंगलमा काली भगवती नामले प्रख्यात छ र बर्षेनी हजारौं व्यत्तीहरु एकपटक पूजागर्न बागलुङ पुग्ने गरेको पाइन्छ काली भगवतीको मन्दिर परिसरलाई अकर्षक रुपमा विकसित गर्न सकेमा आर्थिक क्रियाकलापको एउटा महत्वपूर्ण भलो हुन सक्दछ । सायद यस दिसातर्फ सबैको ध्यान पुगेको हुनुपर्दछ ।
    करिब २१०० वर्ग किलोमिटर क्षेत्र भएको बागलुङको पूर्वमा पर्वत, पश्चिममा रुकुम रोल्पा, उत्तरमा डोल्पा र म्याग्दी दक्षिणमा गुल्मीले घेरिएको छ । मगर र बाहुन जातिको अधिक संख्या बसोबास गरेको यो जिल्लामा क्षेत्री, नेवार, थकालि, दलित आदि जातिको बसोबास पनि रहेको छ । छन्त्यालहरु शिकार र खानी जन्य कार्यमा निपुण रहेको, नेवार थकाली बाहुनहरु, व्यापार व्यवसायमा संलग्न रहेको, मगर र क्षेत्रीहरु सैनिक पेशमा बढी संलग्न भएको पाउँछौ । भू–भाग र बनोटको हिसाबले कृषि तथा अन्यकार्यमा धेरै जातिहरु संलग्न छन् । बागलुङ जिल्ला सैनिक पेशाबाट अवकाश लिएकाहरुको संख्या ७००० हाराहारीमा छन् भन्ने अनुमान गरिएको छ र यो आर्थिक कृयाकलापको प्रमुख आधार रहेको छ त्यसमाथी अहिले विदेशमा कामगरिरहेका हजारौँ बागलुङ बासीले हरेक महिना पठाउने गरेको करोडौँ रुपैयाँ बागलुङको आथिृक आधारशिला भएको छ ।
    जिल्लाको उत्तरी क्षेत्रमा रहेको धवलागिरी हिमालको पश्चिम सृखंला अन्र्तगत १६००० फिट भन्दा अग्ला थुप्रै चुचुराहरु अवस्थित यस क्षेत्र मा ९÷१०००० फिटका अनेक प्रख्यात लेकहरु पनि छन् । घुम्टे, बुर्तिबाङ, तुलामन धुरी, सिन्धुलिवाङ, सेलधुरी, फागुने धुरीका कारणले जैविक विविधतापूर्ण रहेको यो जिल्लामा अनेकन वनस्पती, जडीवुटी, लेकाली घाँस जस्ता वनपैदावार पाइने क्षेत्र हो । टुनी र निगालाका झाडीहरु रिट्ठा जटामसी, पाँचओली लोŒाmा आदी बनपैदावरको आफ्नै महत्व रहेको छ । लेकालीक्षेत्र भन्दा तल्लो भु भागमा रहेको पहाडी, बेसी र टारहरु ठूलासाना नदी खोलामा कारणले खेतीयोग्य भूमीहरु पनि छन् । कालीगण्डकी बाहेक निसी भूजी, काठे खोलाका कारणले खेतीयोग्य भूमीहरु पनि छन् । कालीगण्डकी बाहेक निसी, भूजी, काठे खोला, तमान, दरम भिम ढोर उŒारगंगा ज्सता खोला र नदिहरुले जलश्रोत सम्पन्न गराएको प्रकृतिक श्रोत र सम्पदाले भरिपूर्ण बनाएको र कैयन भू भागलाई कृषियोग्य जमिनको रुपमा परिणत गरिदिएको छ। यि जैविक बनस्पती, जलश्रोत, प्राकृतिक सम्पदा लाई अधिकतम अप्रयोग गर्ने तर्फ प्रयास भएका एउटा महत्वपूर्ण आर्थिक संरचना तयार गर्न सकिन्छ । यसदिशातर्फ बागलुङा नागरिक संस्थाहरु, राजनैतिक दलहरु, स्थानिय निकायहरुको ध्यान जानसकेमा उउटा समृद्धिको आधार तय गर्न सकिन्छ । हाम िनविर्सौ आफ्नो ठाउँको स्रोतसाधनलाई उपयोग गर्न सकेमा मात्र दिगो समृद्धी तर्फ उन्मुख हुन सक्छौ । आफ्नो ठाउँको महत्व विर्सेर विदेशमा माग गरेवापत आर्जन गरेको दिगो हुन सक्तैन आफ्नो ठाउँको जग्गा जमिन लाई उत्पादनमुखी नवनाएसम्म पशुपालन लाई व्यवसायीक नवनाएसम्म जडीवुटी र वनस्पति पैदावरलाई उचित प्रयोग नगरेसम्म र सुन्दर रमणित स्थललाई आकर्षिक नवनाएसम्म बागलुङ जिल्लाको आर्थिक विकास र आधार तयार हुन सक्दैन त्यसैले आफ्नो समथ्र्य स्रोतसाधन लाई अधिकतम प्रयोग गर्नतर्फ सोच र दृष्टिकोण तयार गर्ने अहिलेको सबैभन्दा प्राथमिक विषय हुनुपर्दछ ।
    बागलुङ जिल्लामा रहेका महत्वपूर्ण व्यापारिक केन्द्रहरुको स्वरुप अब परिवर्तन गर्नु पर्ने बेला भएको छ । धनावस्तीको रुपमा विकसित भएको बागलुङ बजारलाई प्रमुख शहरको रुपमा विकसित गर्ने दायित्व उद्योग वाणिज्य संघको हो । घुम्टे र हरिचौर बागलुङ बजारको उŒार पश्चिममा रहेको क्षेत्रबाट निकालिएको स्लेट र ढुंगा स्तरिय तथा आकर्षक यस्लाई जथाभावी अनियन्त्रित रुपमा हेन व्यवस्थित र योजना बद्ध रुपमा उत्पादन गर्न सके मुल्यबृद्धि हुन्छन साथै यो बागलुङको एउटा ब्ण्ड हुन सक्दछ जसरी निगालोबाट बन्ने बुट्टे नली डालो र कांगियो बागलुङको उत्कृष्ट उत्पादन हो । ढोरपाटन शिकारक्षेत्रमा पाइने रातो पान्डा जस्ता दुर्लभ बन्यजन्तको अलावा नाउर घोरल जस्ता महत्वपूर्ण जनावरहरुले भरिपूर्ण भएको ठाउँ हो ।
    यस्ता उत्पादनहरु लाई स्तरिय र दिगो बनाउन उत्पादनशृद्धि तथा बजारिकरण गर्न पनि उद्योग बाणिज्य संघले सघाउन सक्दट र पर्दछ पनि जडीबुटी संकलन र प्रशोधनको लागि पनि बागलुङका व्यापारिक केन्द्रहरु गलकोट हटिया, विहुँ, अर्नाकोट, निसी भुजी राजकुट र बुर्तिबाङ क्षेत्रहरु विकासित गर्नसक्ने ठाउँहरु हुन बुर्तिबाङ अहिले पनि ठूलो व्यापारिक केन्द्र पहाडीलोकमार्ग को चौराह केन्द्र र भविष्यको महत्वपूर्ण शहरको रुपमा विकासित गर्न सकिने केन्द्र हो । २ वटा विमानस्थल रहेको बागलुङले विमानस्थलको अधिकतम उपयोग गर्न सकेको छैन । वलेवा विमानस्थल संचालन नहुँदा बलेवा बजार ओझेलमा छ राजमार्ग निर्माणपछी विमानस्थलको प्रयोग मा कमी आएको छ। व्यापारिक रुपमा विमा कंपनीहरुले हवाइजहाज संचालन नगर्नेहो भने विमानस्थलहरुले ओगटेको क्षेत्रलाई वैकल्पिक योजना बनाउनु जरुरी छ । त्यो क्षेत्रको अवस्थितीले असाहटा राम्रो स्तरिय गल्पकोर्स र होटलहरु निर्माण गर्न सकिएमा आर्थिक कृयाकलाप बृद्धि गर्न सकिन्छ । विकल्पमा बहुप्रविधिक शिक्षण केन्द्रको रुपा परिकल्पना गर्न सकिन्छ । अर्को विमानस्थल रहेको ढोरपाटन बागलुङको अमुल्य क्षेत्र हो । १०००० फिट हाराहारीमा रहेको यो ढोरपाटन अत्यन्तै व्यवसायीक संभावनाहरु रहेको बृहत उपत्यका हो । त्यती ठूलो उपत्याका सबैभन्दा ठूलो शिकारक्षेत्र, मलिलो जमिन, खानेपानीको उपलव्धता विमानबाट पुग्नसकिने ठाउँको दुरगामी विकासमा बागलुङले ध्यान पु¥याउनु जरुरी छ। यस्को बहुपक्षिय विकासको लागि आवाज उठाउनु जरुरी छ । ढोरपाटन देखि बुर्तिबाङ लाई शिकारआरक्ष मार्फत लामो समय सम्म राख्न सक्दछो स्तरिय गल्फकोर्सहरु निर्माण गरी पर्यटकको बसाई थप लम्व्याउन सकिन्छ । स्तरिय लज र होटलको निर्माण संगै जैविक विविधता अध्ययन गर्ने ठाउँको रुपमा विकसित गर्न सकिन्छ । ढोरपाटनबाट नै ताराखोला, दुनै, जुफाल हुदै राराताल सम्मको पदयात्रा मार्गलाई प्रवर्दछन गर्न सकिन्छ । विश्वको चर्तित ग्रेट हिमालयन र एक्सिपेकसन टूेक रुपमा पर्ने ढोरपाटनलाई बहुआयामिक रुपबाट हुर्नुपर्ने अहिले यो क्षेत्रमा भइरहेको जग्गा अतिक्रमण लाई रोक्नु पर्ने र विमानस्थललाई नियमित संचालन गर्ने तर्फ सबैको ध्यान पुग्न सकेमा एउटा महत्वपूर्ण फड्को मार्ने विश्वास गर्न सकिन्छ । त्यसैले बागलुङ उद्योग वाणिज्य संघले सबैको सहकार्यमा एउटा महत्वपूर्ण योजनाको शुरुवात गरेमा आर्थिक क्षेत्रमा एउटा महत्वपूर्ण देन दिन सक्ने छ ।
    बागलुङका अघिकांश ग्रामिण क्षेत्रहरुमा कृषि तथा ग्रामिणसडकहरु विस्तार भइसकेको छ । सडक संजालको फाइदा नागरिक र जनताले पाउनुपर्ने भएको यहाँका संभावनालाई यथार्थ र व्यवहारमा परिणत गर्नु हो । समग्र उत्थानमा सबैको सरोकारको विषय हुनुपर्ने हो । तथापी बागलुङका धेरै शिक्षित वर्ग हुनेखाने वर्गहरु जिल्ला छोडेर अन्यत्र पुगेको पनि यथार्थ हा तर पनि यहाँ बसोबास गर्नेहरुको सामुहिक भावना र सदासायताले केही गर्न सकिन्छ भन्ने मनोबल उठाउन जरुरी छ । जनताले चुचिएको व्यत्ती र संस्थाको अस्तित्व नुहुन कर्मचारीलाई स्थानिय निकाय कै जिम्मेवारी दिइएता पनि जिम्मेवारी बोधकै अभाव दलहरु विच पारस्पारिक र हार्दिकताको अभाव र मुद्धाहरुमा मतभेदका कारण निर्णय लिन असहज परिस्थितीले आथर््िक समृद्धि र उत्थानका विषयवस्तु ओझेलमा परेको देखिन्छ त्यसैले यस अन्योलतालाई अन्तगर्न दलहरुविच समन्वय गरी सहकार्यतर्फ उन्मुख गराउन कर्मचारीवगर्् लाई जिम्मेवारी बोधगराउने आमनागरिकलाई कतव्य प्रति सचेत गर्ने गराउने नागरिक संस्थाहरु सँगै मिलेर काम गर्नुपर्ने स्थितीको सिर्जना अब उद्योग वणिज्य संघले गर्नुपर्ने टड्कारो आवश्यकता छ । महत्वपूर्णै व्यपारिक केन्द्रमा रहेका व्यवसायीहरु, आर्थिक कृयाकलापमा संलग्न जनतालाइृ उनिहरुको क्षमता अभिबृद्धि नयाँ अवसर र संभावनाहरुको बारे जानकारी व्यवसायमा देखापरेको अप्ठेरो हटाउने समेत वार्गमा उद्योग वाणिज्य संघ संलग्न हुनसक्नु पर्दछ । त्यतीमात्र हैन बागलुङलार्य लगानी गर्ने ठाउँको रुपमा विकासित गर्ने लगानीकर्तालाई आकर्षण गर्ने, विŒिाय संस्थाहरुलाई समेत लागनीको लागी प्रोत्साहित गर्ने वातावरण सिर्जन ागर्ने दायित्व अब उद्योग वाणिज्य संघको हो । अहिले नेपालको ठूलो चुनौती भनेको केन्द्र प्रतिको बढी निर्भरता हो । केन्द्रले सबैकुार गरिदेवोस भन्ने चाहना राख्नु हो । तर जब हामी नयाँ दृष्टिकोण सहित सकारात्मक सोच राख्दछौ समग्र परिवर्तनको अपेक्षा राख्दछो भन्ने त्यस्ता निर्भरता र्ला क मगर्ने र समग्र उत्थान गर्न एकजुट र सामुहिक प्रयासको शुरुवात गर्न सक्नु पर्दछ । सबै बागलुङवासीले सामुहिक अठोट र प्रविद्धता व्यत्त गर्न सकिए केही समय मै परिवर्तनको अनुभूमि गराउन सकिने छ ।
  • एकपटक सौचौ त मनन गरौ“ त सामुहिक बहस र छलफल गरौ त ?
  •  यहाँका निगाला लोत्ता र अल्लोको उत्पादन को बजार को कमी छ र ?
  •  यहाँको डालो, वुट्टेनली, काँगियो नेपाल भर प्रख्या छैनन् र ?
  •  यहाँको ढुगां र स्लेटहरु नेपालको आधुनिक घरमा राख्न इच्छा कस्लाई छैन र ?
  •  पहिलेको प्रख्यात ताम र फलाम खानीबाट ति सामान निकालेको हेर्ने रहर कस्लाई छैन र ?
  •  बागलुङका थुप्रै कोट र थुम्काहरु घुम्ने र अध्ययन गर्ने इच्छा कस्को पो नहोला र ?
  •  बुर्तिबाङ हुँदै ढोरपाटन जस्तो क्षेत्र हेर्ने रहर कसलाई छैन होला र ?
  •  ढोरपाटन हुँदै डोल्पा निस्कने पदयात्रा गर्न इच्छा कुन पर्यटकलाई नहोला ?
    उपारेत्त प्रश्नहरुको जवाफ स्वंम बागलुङबासीले दिन सक्नुपर्दछ  बागलुङका यि मैलिक वस्तु र ठाउँहरु पनि यहाँका बासिन्दाहरुले नै चासो लिनु पर्दछ । बागलुङलाई चिनाउनुस यहाँको महत्व र आकर्षण बारे प्रचार र थाहादिनुहोस्, पूर्वाधार निर्माण सँग अत्मियता पूर्वक बागलुङले सबेलाई अतिथ्यता दिन चाहेको व्यत्त गर्नुहोस् । अनि महशुस गर्नु हुनेछ । बागलुङस बासीको आफ्नै मेहनत र एकजुट ले माथी उठेको जिल्ला हो । गर्व गर्नु हुनेछ । हामी आफैले लगनशिल र इमान्दारीताका साथ समृद्ध बनाएको बागलुङ जिल्ला । यो नै आउने पुस्ताको लागि हाम्रो योग्दान हुनेछ । Source:BCCI(Smarika:Padmarga-2069)

No comments:

Post a Comment