बागलुङ जिल्ला नेपालको पश्चिमाञ्चल बिकास क्षेत्रमा पर्ने एक बिकाशसिल पहाडी जिल्ला हो । धवलागिरि अञ्चलको सदरमुकाम रहेको बागलुङ जिल्ला आकारमा नेपाल जस्तै रहेकोले जिल्लालाई नेपाल भित्रको नेपाल पनि भनेर चिनिन्छ । एक हजार सात सय चौतिस बर्ग किलोमिटरमा फैलिएको यस जिल्लाको पूर्वमा पर्वत, पश्चिममा रोल्पा, रुकुम र प्युठान उत्तरमा म्याग्दी र दक्षिणमा गुल्मी जिल्ला पर्दछन् । नेपालको नक्सा संग मेल खाने यस जिल्ला १८२४८६ हेक्टरमा फैलिएको छ भने २६८९३७ जनसंख्या रहेको छ । राजनैतिक हिसावले ३ वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा १३ वटा इलाका, ५९ गाविस र १ नगरपालिका रहेका छन् । यस जिल्लालाई उत्पादनका हिसावले नेपाली कागजको उत्पादनको जिल्ला भनिन्छ भने निर्माणका हिसावले यस जिल्लालाई झोलुङ्गे पुलको जिल्ला पनि भनेर चिनिन्छ । हस्तकलाका हिसावले विभिन्न आकृतिहरु कुँदेर बनाएको बुट्टेनली अन्तर्राष्ट्रिय रुपमा प्रसिद्ध छ ।

No comments:
Post a Comment